Logo

बाग्मती प्रदेशमा समायोजन गरिएको नयाँ गाडी भाडादर (सूचीसहित)



काठमाण्डौं, साउन १२ । नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले सार्वजनिक गाडीको भाडा समायोजन गरेको छ ।

बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा घटाएको हो ।

नयाँ भाडादरअनुसार काठमाण्डौ उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीको भाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीको भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।

अब काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ ।



प्रतिक्रिया दिनुहोस्