काठमाडौं, साउन १२ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले सस्तिएको छ । बिहीबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रूपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्यसमेत प्रतितोला ४० रूपैयाँले सस्तिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १४ सय ५० रूपैयाँ कायम छ। विहिबार चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।