Logo

नेकपा एसको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित



काठमाडौं, १३ साउन । नेकपा (एकीकृत समाजवादी) ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ ।

उक्त बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको पार्टीका नेताहरुले जनाएका छन् । बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने जनाईएको छ। यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो ।

अध्यक्ष माधव नेपाल भने आजमात्रै विदेश भ्रमण सकाएर स्वदेश फर्किएका छन् । अध्यक्ष नेपाल आएसँगै बैठक बस्नुपर्नेमा सम्मानित नेता झलनाथ खनाल समूहले फरक मत प्रस्तुत गर्ने तयारी गरेपछि बैठक सारिएको जनाईएको छ। File Photo

 



प्रतिक्रिया दिनुहोस्