काठमाडौं, २० साउन । गौर हत्याकाण्ड संघर्ष समितिसँग सरकारले पहिलो चरणको वार्ता गरेको छ ।
पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकै दिन गृह मन्त्रालयले समितिका पदाधिकारीहरुसँग आज सिंहदरबारमा पहिलो चरणको वार्ता गरेको हो ।
पीडितहरुले रौतहटमै धर्नालाई जारी राखेको अवस्था छ ।
उनीहरुले माग सम्बोधन नभएसम्म संघर्षका कुनैपनि कार्यक्रम स्थगित् नगर्ने कुरा प्रधानमन्त्री दाहालसमक्ष राखिसकेका छन् ।
प्रधानमन्त्री दाहालको निर्देशनमा नै गृहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली गठन भएको छ ।