Logo

संसदीय व्यवस्था नै कोल्याप्स गर्ने कुनियत ओलीको दिमागमा छः मेटमणि चौधरी



काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय व्यवस्थानै मन नपरेको बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले ओलीले संसदीय प्रणालीलाई नै कोल्याप्स बनाउन चाहेको बताएका हुन् ।

‘आफू प्रधानमन्त्री हुँदा संसद् विघटन गर्छन् । आफू प्रधानमन्त्री नहुँदा संसद् बन्द गर्छन । यिनै दुईवटा काम ओलीले किन गरिरहेका छन् भने संसदीय व्यवस्था यिनलाई मन परेको छैन । संसदीय प्रणालीलाई कोल्याप्स गर्ने प्रयत्न गरिरहेका छन् । त्यो कुनियत ओलीको दिमागमा छ,’– उनले भने ।

जनताहरुलाई संसदीय प्रणालीप्रति वितृष्णा पैदा गराउन ओलीले विभिन्न बहानाबाजी गरिरहेको उनको आरोप छ । ‘आज ओली भन्ने पात्र संसद्प्रति जनताहरुलाई विमुख गराउने, संसद्प्रति विद्रोह गराइदिने गलत नियतका साथ अगाडि बढेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्