Logo

संसद्मा रविको प्रश्नः ‘सदन चल्ने बेलामा नै तीन दलका नेताले किन बार्गेनिङ गर्छन् ?’



काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले तीन दलका नेताले संसद् चल्ने बेलामा नै बार्गेनिङ गर्ने गरेको अरोप लगाएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसद् कुनै पनि दलले अवरुद्ध गर्न नहुने बताए । ‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्येनजर राखेर मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ सदन चल्ने बेलामा नै किन गरिन्छ ?’– उनले प्रश्न गरे ।

प्रत्येक दिन सदनमा सांसदहरु आएर सदन कहिले खुल्छ भनेर बसेको बताउँदै उनले सदन अवरुद्ध गर्ने परम्परा रोक्न जरुरी रहेको बताए । सदनलाई बन्धक बनाउन नपाईने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्