Logo

मदन भण्डारीको दुर्घटना सम्बन्धी फाईल पल्टाऔंः विश्वप्रकाश शर्मा



काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सरकारले निकायले विषय प्रवेश गरेर अनुसन्धान गरिरहेको विषयमा उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मदन भन्डारी दु्र्घटना प्रकरण, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायतका उच्चस्तरीय समिति बनाउन आवश्यक रहेको बताए ।

‘आज यहाँ कोही उभिएर बोलिरहेको छैन । ३० वर्ष दुई महिना २३ दिन अगाडि गम्भीर दुर्घटना भयो । यो देशको एउटा सुप्रसिद्ध राजनीतिज्ञ जसलाई म श्रद्धापूर्वक नाम लिन्छु, मदन भण्डारीको निधन भयो । उच्चस्तरीय आयोग बनाउने भन्दैगर्दा ती फाईलहरु पल्टाऔं,’– उनले भने ।

आयोग बनाउने नै भए निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविनको लागि आयोग बनाउन आवश्यक रहेको उनले बताए । उनले सरकारको निकायले विषय प्रवेश गरेर काम गरिरहेको बेलामा आयोगको खाँचो नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्