Logo

मन्त्रिपरिषद्को निर्णयः उपराष्ट्रपतिको चीन भ्रमणदेखि नक्कली नागरिकता रद्दसम्म



काठमाडौं, २४ साउन । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । बैठकले उपराष्ट्रपति रामसहाय यादवलाई चीन भ्रमणमा जान अनुमति दिएको छ ।

उपराष्ट्रपति यावदलाई चीनको कुनमिङ्ग सहरमा आगामी साउन ३१ गतेदेखि भदौं ३ गतेसम्म हुने ‘चाइना–साउथ एसिया एक्सपो’ मा भाग लिन जान अनुमति दिएको हो ।

साथै, मन्त्रिपसिषद् बैठकले पर्साबाट अमन चौधरी (अग्रवाल) र कास्कीबाट सोफिया रुथ भण्डारीले भुठा विवरण पेश गरि वंशजको आधारमा लिएको नागरिकता खारेज गर्ने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्