Logo

झुठा विवरण पेश गरी लिइएको नागरिकता रद्द



काठमाडौं, २४ साउन । सरकारले झुठा विवरण पेश गरी नागरिकता लिन दुई जनाको नागरिकता रद्द गर्नु निर्णय गरेको छ ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले अनम चौधरी (अग्रवाल) ले पर्साबाट र सोफिया रुथ भण्डारीले कास्कीबाट झुटा विवरण पेश गरी वंशजको आधारमा लिएको नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिाषद् बैठकले झुठा विवरण पेश गरी नागरिकता लिएकाहरुको नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने र उक्त कार्यमा संलग्नलाई नेपाल नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्