Logo

कागबेनीमा बाढी, पक्की पुलसहित दश घर बगायो



मुस्ताङ, साउन २९ । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आइतबार साँझ आएको आकस्मिक बाढीले मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ, पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागबेनामा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार बाढीले प्रहरी चौकी, विद्यालय, गुम्बा, पाटीलगायत संरचनामा क्षति पुर्‍याएको छ । बाढीले केही विद्युतका पोलहरु समेत बगाएको छ । राती अचानक बाढी आएपछि मानिसहरु भागगाग गरेका थिए । कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस्