Logo

दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा



काठमाडौं, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सप्तरी जिल्ला विष्णुपुर गाउँपालिकाका लेखापाल टेक नारायण यादव र एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई आज (बुधबार) अख्तियारको टोलीले राजविराज नगरपालिकाको त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट सेवाग्राहीबाट घुसवापत लिइएको दुई लाख रुपैयाँ नगर र तीन लाख रुपैयाँको चेक अख्तियारको टोलीले बरामद गरेको छ । उनीहरुले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्