काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता जोगाउनका निम्ति रेशम चौधरीलाई आम माफी दिएर अपराध गरेको टिप्पणी गरेका छन् ।
मुद्दाको पूर्णपाठमा रेशमलाई माफी मिनाहा दिने कार्य असंवैधानिक, न्यायको मान्य सिद्धान्तको हाकाहाकी उल्लंघन र न्यायिक विचलन भएको ठहर गरेको उल्लेख गर्दै उनले उक्त सरकारले दिएको आममाफी उल्टिन सक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
सर्वोच्चले जेठ २ गते रेशम चौधरीलाई जिल्ला र उच्च अदालतले जन्मकैद गरेको फैसला सदर गरेको छ। मुद्दाको पूर्ण पाठमा रेशमलाई माफी मिनाहा दिने कार्य असंवैधानिक, न्यायको मान्य सिद्धान्तको हाकाहाकी उल्लंघन र न्यायिक विचलन भएको ठहर गरेको छ्। सत्ता जोगाउन प्रचण्डले गरेको अपराध उल्टिने सम्भावना ।