काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टीका सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) सिंहदरबारमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा केसीले यस्तो बताएका हुन् ।
उनले सुन तस्करी प्रकरणमा सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सन्दर्भमा शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको पनि बताए ।
उनले भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई आफूहरुले नजिकबाट नियाँलिरहेको बताए । तर, अहिले तत्कालै एमालेसँग गठबन्धन बनाउने कुनै सम्भावना भने नरहेको उनको टिप्पणी छ ।