Logo

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आजपनि जारी रहने



काठमाडौं, भदौ ४ । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आजपनि जारी रहने भएको छ । यसअघि आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म बसेको थियो ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजेदेखि पुनः सुरु हुनेछ । आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले छलफलका लागि तयारी पारिएका एजेन्डाबारे आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा पनि पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ ।

त्यस्तै बैठकमा महासचिव घनश्याम भुसालल बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा आज छलफल जारी रहने जनाईएको छ ।

बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल हुनेछ । समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्षनेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्