Logo

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा



काठमाडौं, ४ भदौ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकारीको सरुवा गरेको छ । आज (सोमबार) गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई सरुवा गरेको हो ।

एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा जिम्मेवारी तोकिएको छ भने एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । काठमाडौं प्रहरी परिसरमा एसएसपी भूपेन्द्र खत्रीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी अपराध अनुसन्धान कार्यालयको जिम्मेवारीमा एसएसपी सोमेन्द्र सिंह राठौरलाई पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्