Logo

ललिता निवास प्रकरणः सिआईबीले गच्छदारसँग पनि लियो बयान



काठमाडौं, ५ साउन । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले नेपाली कांग्रेका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ ।

मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री गच्छदारको संलग्नता खुलेको थियो । मोहीलाई सट्टा भर्ना दिने क्रममा हुँदै नभएको मोही खडा भएर ‘भूमाफिया’को कब्जामा सरकारी जग्गा पुर्याएको उनीमाथि आरोप छ ।

ललिता निवास प्रकरणमा सिआईबीको टोलीले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्व राज्यमन्त्री सञ्जय साहसँग पनि बयान लिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्