Logo

निष्कर्षविहीन भयो आजको सर्वदलीय बैठक, भोलि फेरि बस्ने



काठमाडौं, ५ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ ।

आज (मंगलबार) को बैठकमा उच्चस्तरीय छानविन समितिको मस्यौदा प्रस्तुत हुने भनिएपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

बैठक भोलि (बुधबार) विहान ११ बजे बस्ने गरी स्थगित भएको छ । समय व्यवस्थापन गर्न नसकिएकाले आजको सर्वदलीय बैठकमा केही निर्णय हुन नसकेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘आज चार बजे नै प्रधानन्यायाधीश ज्यूको शपथ ग्रहण, त्यसमा प्रधानमन्त्री ज्यू पनि जानुपर्ने र सभामुख ज्यू पनि जानुपर्ने भएको हुनाले आज समयले पनि अलिकति अपुग हुन गयो ।’ File Photo/RN 



प्रतिक्रिया दिनुहोस्