काठमाडौं, ७ भदौ। राष्ट्रिय एकता अभियान नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ। अभियानले प्रधानमन्त्री दाहाललाई गौ–हत्याको मतियार भनेको छ ।
अभियानका संयोजक विनय यादवको नेतृत्वमा आज काठमाडौंमा भएको प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री दाहालको राजीनामा मागेका हुन् ।
उनीहरुले लगाएको नारामा ‘गौ हत्या बन्द गर’, प्रधानमन्त्री राजीनामा देउ, संविधानको रक्षा गर, गौवंशलाई हत्या गर्नेहरुमाथि कारबाही गरलगायत थिए । तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम