काठमाडौं, १० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुले नेपालस्थित् एमसिसीको मुख्यालय घेराउ गरेका छन् । दरबारमार्गस्थित् याक एण्ड यति होटेल परिसरमा भेला भएर उनीहरुले एमसिसी खारेजीको माग गरेका हुन् ।
उनीहरुलाई रोक्नको लागि ठूलो मात्रामा प्रहरी प्रशासन परिचालित गरिएको छ । नेकपाले एमसिसी खारेजीको माग गर्दै विभिन्न चरणका आन्दोलन र संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसअन्तर्गत आज भदौ १० गते एमसिसीको मुख्यालय घेराउ गर्ने कार्यक्रम थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम