काठमाडौं, १३ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सडक संघर्षमा उत्रिएका छन् । यसअघि उनी समाजवादी मोर्चामार्फत सरकारको नेतृत्व गरेका पुष्पकमल दाहालसँग सहकार्यमा थिए ।
तर, एमसीसी कार्यान्वयनको प्रारम्भ भएकै दिन भने विप्लव आँफै सडकमा उत्रिए । उनी नेतृत्वको नेकपाले एमसीसी खारेजीको माग राखेर चरणबद्ध आन्दोलन गरिरहेको छ ।
आज एमसीसीको कार्यान्वयन भएको घोषणा भएकै दिन नेकपासहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले एमसीसीको विरोध गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम