Logo

महेश बस्नेतको दाबी : प्रचण्डले खोलेको भ्रष्टाचारविरुद्ध अभियान स्वयम प्रचण्डमा पुगेर अन्त्य हुन्छ



काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले खोलेको भ्रष्टाचारविरुद्धको अभियान स्वयम् प्रचण्डमा नै पुगेर अन्त्य हुने दावी गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज (शनिबार) यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डले देशमा सुशासन कायम गर्ने भन्दै प्रचण्डले आफ्नो कर्तुत लुकाउनको लागि स्टनबाजी मात्र गरेको आरोप लगाए ।

प्रचण्डको योजना एमालेलाई समाप्त पार्ने भएता पनि कांग्रेसको बैशाखी टेकेर ३२ सीट ल्याए स्मरण गराउँदै नेता बस्नेतले प्रचण्डले भ्रष्टाचारको फाईल खाल्ने बहानामा आफुले सरकारमा बसेर गर्ने कर्तुत लुकाउन खोजेको आरोप लगाए । उनले भने,‘एमाले सर्वहाराको पार्टी हो । एमालेमा भ्रष्टाचार, तस्करी छैनन् । यदि गरेको प्रमाणीत भए त्यसलाई कारवाही गर्ने नेतृत्व म गर्छु । हामी कांग्रेसले बालकृष्ण खाँणलाई जस्तो जोगाउँदैन । अब हामी सरकारमा गएपछि लडाकु घोटला, एनसीएल, वाईडबडी, करका दररेट परिवर्तनलगायतका काण्डहरुको छानविन गर्छौ । अनि प्रचण्ड, जनार्दन, आरजु देउवालगायतका नेताहरु जेल जाँदैनन् र ? पाकिस्तानको जस्तो वदलाको भावनामा प्रचण्डले जुन एमालेविरुद्ध अभियान चलाएका छन् । प्रचण्डले चलाएको भ्रष्टाचारको अभियान प्रचण्डमा पुगेर नै अन्त्य हुन्छ । त्यो वियोगान्त हुनेछ, जुन कुरा प्रचण्डले कान खोलेर सुने हुन्छ ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्री सम्बन्ध विग्रन्छ भनेर भारतले ग्रेटर भारत भनेर राख्दा चुइँक्क बोल्न नसकेको स्मरण गर्दै नेता बस्नेतले मित्रराष्ट्रसँग वार्ता गर्ने हिम्मत नै प्रचण्डले गर्न नसक्ने ठोकुवा गरे । माओवादीको साम्राज्यवाद र विस्तारवादको विरुद्धमा जनयुद्ध भारतीय विस्तारवाद तथा साम्राज्यवादमा गएर लम्पसार परेको उल्लेख गर्दै उनले प्रचण्डले चीन भ्रमणका क्रममा चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग भारतको भूभागमा देखाएको विषयमा समेत कुनै आवाज उठाउन नसक्ने दाबी गरे ।

प्रचण्डकै नेतृत्वमा जातीय तथा धार्मिक युद्ध हुने खतरा बढेको प्रति चिन्ता व्यक्त गर्दै नेता बस्नेतले माओवादीको जनयुद्धको जातीयताको नाराले समाजमा जातीय तथा धार्मिक सद्भाव अहिलेसम्म खलल् पुर्याएको बताए । कोशी प्रदेशको बैठकमा प्रदेश नामाकरणमा कोशीमा मतदान गरी बाहिर निस्केर पहिचानको कुरा उठाएर जातीय तथा धार्मिक सद्भावमा प्रधानमन्त्री प्रचण्डले खलल् पुर्याएको भन्दै आक्रोस जनाउँदै नेता बस्नेतले प्रचण्डको जजातीयताको नारा मर्न लागेको सर्पले पुच्छर हल्लाए जस्तोमात्र भएको बताए ।



प्रतिक्रिया दिनुहोस्