काठमाडौं, भदौ १७ । कोसी प्रदेश सरकारविरुद्धको रिटको आज सुनुवाइ हुँदै छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबार स्थगित भएको रिटको सुनुवाइ आज हुन लागेको हो ।
असंवैधानिक रूपमा विश्वासको मत लिएर उद्धव थापा मुख्यमन्त्री बनेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।
यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो ।