काठमाडौं, भदौ २२ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार बिहिबार साँझ बाराबाट शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष रहेका सफरलाई आज म्याद थपको लागि अदालतमा पेश गरिँदै छ।गत साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।