काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी अभियान सुरु गर्ने भएको छ । अभियान दुई हप्ता लामो हुने नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले बताए ।
आज (शनिबार) पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असोजको दोस्रो हप्तादेखि दुई हप्ता पार्टीले मेची महाकाली अभियान चलाउने बताए ।
‘हामी अब देशव्यापी अभियान पनि गर्दैछौं । यो राष्ट्रिय अभियान झण्डै दुई हप्त बढिको हुनेछ । मेचीदेखि महाकालीसम्मको अभियान असोजको दोस्रो हप्तदेखि सुरु गर्ने हामीले सोचिरहेका छौं,’– उनले भने ।