Logo

शौचालयमा बेहोस अवस्थामा भेटिएका नेवाङ १०२ डिग्रि ज्वरो आउँदासमेत किन अस्पताल भर्ना भएनन् ?



काठमाडौं, भदौ २६ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ । सोमबार राति शौचालयमा बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो ।

बालुवाटारस्थित निवासमा रहेका नेम्वाङ राति १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए । त्यसलगत्तै उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको नेम्वाङको निधन भएको परिवार स्रोतले बताएको छ ।

नेम्वाङलाई रातिको १ः५० बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पु¥याउने बित्तिकै उनको नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गर्दा केही पनि नचलेको चिकित्सकहरुले बाटोमै मृत्यु भईसकेको घोषणा गरिएको हो ।

परिवार स्रोतका नेम्वाङलाई सोमबारदेखि नै ज्वरो आएको थियो । ज्वरो आएपछि घरमै आराम गरेर बसेका नेम्वाङलाई १०२ डिग्रीको ज्वरो आएपछि स्थास्थ्य परीक्षण गर्न डाक्टर नेम्वाङको निवासमै पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्