काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता तथा कार्यकर्ताहरु यतिवेला एमाले मुख्यालय च्यासलमा भेला भएका छन् । यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थिव शरिरमा श्रद्धाञ्जलि अर्पण गरेकी हुन् ।
सो क्रममा उनी भावुक बनेकी थिईन् । सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । नेम्वाङप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङका दुवै छोराहरु विदेशमा रहेकाले भोलि छोराहरु आएपछि मात्रै अन्त्येष्टि गरिने जनाईएको छ । Photo By: Mukunda Kalikote/RN