Logo

बलात्कार अभियोगमा सिद्धबाबाले पाए सफाइ



काठमाडौं, २७ भदौ । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार अभियोगमा सफाइ दिएको छ ।

आज (बुधबार) न्यायाधीश हरिप्रसाद कोईरालाको इजलासले माग दाबी नपुग्नेभन्दै कसुरबाट सफाइ पाउने ठहर गरेको हो।

उनीविरुद्धको  अभियोगमा जिल्ला अदालतले यसअघि नै सफाई दिइसकेको थियो ।  त्यसपछि उच्च अदालत विराटनगरमा पुनरावेदन पर्यो । उच्च अदालत विराटनगरले फैसला पुनर्विचार गर्न भन्दै जिल्लामै फर्काइदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्