Logo

बिपी साहित्य महोत्सवः स्थगित भएको तेस्रो दिनको कार्यक्रम असोज ३ गते हुँदै



काठमाडौं, १ असोज । नेपाली कांग्रेसले विपी साहित्य महोत्सवअन्तर्गतको तेस्रो दिनको कार्यक्रम असोज ३ गते संविधान दिवसको दिन गर्ने भएको छ । संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण कांग्रेसले गत भदौ २६ गतेको कार्यक्रम स्थगित गरेको थियो ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्थगित भएको उक्त कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बताए ।

उक्त कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा (किनोट स्पिच), समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायतका विषयमा विज्ञमार्फत अन्तरक्रियात्मक प्रस्तुति हुने बताइएको छ ।

बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरु, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् राजनीतिका अतिरिक्त सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्णलाई आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्