काठमाडौं, १ असोज । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने विश्वकर्मा पुजा पर्व विश्वकर्माको पूजा आराधना गरी मनाइएको छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पर्व मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । Photo By: Mukunda Kalikote/RN