काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएका छन् । उनले सहमति पालना गरेमात्रै देश अस्थिरताबाट जोगिने धारणा राखेका छन् । आज (मंगलबार) काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा सिंहको शालिकमा माल्यापर्ण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए । नेता सिंहले संविधानको भावना र मर्मअनुरुप चाँडो भन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।
सो अवसरमा उनले गणेशमानले खेलेको भूमिकाको स्मरण गराएका थिए । उनले गणेशमानले १५ वर्षभन्दा बढि जेल जीवन बिताएको पनि स्मरण गराए । अर्को १५ वर्ष निर्वासित जीवन बिताएको भन्दै गणेशमानबाट सबैले सिक्नुपर्ने उनको भनाई छ । उनले गणेशमानले नेपाली समाजलाई आदर्शवान बनाउन ठूलो योगदान दिएको पनि बताए ।
https://www.facebook.com/uplamichhane/videos/132593749934146