Logo

दीपशिखाले कोरियाबाट भने :  मलाई नेपाल फर्कन नदिएको सत्य हो, नजरबन्द वा गिरफ्तारी केही पनि होईन



काठमाडौं, २ असोज । दक्षिण कोरियामा पार्टीको कार्यक्रममा भाग लिन पुगेका माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटाले आफू कोरियामा नजरबन्द वा गिरफ्तारीमा परेको भन्ने कुरा सत्य नभएको स्पष्टा परेका छन् । उनले कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले विगत एक वर्षदेखि सेवन गरिरहेको औषधी मगाएको कारण आफूले कोरिया जाँदा लगेको तर उक्त औषधीको प्रिस्क्रिप्सन भने नलिएको कारण कोरियाको भन्सार विभागले सोधपुछ गरेको र नेपाली दूतावासले सबै आवश्यक डकुमेन्ट बुझाएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्

नमस्कार !
म गत अगस्ट १० तारिखमा कोरियाको नेपालि जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहीम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिॅए ।

अन्जानबस डाक्टरको प्रिस्किप्सन म सॅग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ ।

भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होईन ।
नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनुहुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु । 



प्रतिक्रिया दिनुहोस्