काठमाडौँ, ५ असोज । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मनतृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ ।
कार्यक्रमका प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कार्यक्रममा मगर भाषाका आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी पत्र पूर्णबहादुर रानाले प्रस्तुत गरे ।
उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुने भएकाले बौद्धिक छलफलबाट योगदानको मूल्याङ्कन हुने बताए । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुने भएकाले कुनै पनि भाषा सानो र ठूलो नहुने बताए । रासस