काठमाडौं,१० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्दैछ । बैठक पार्टी मुख्यालय वनस्थली, काठमाडौंमा दिउँसो ४ बजे बस्नेछ ।
आजको बैठकमा गत असोज ३ मा संविधान दिवसको अवसरकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको कैदीबन्दीको आममाफीबारेमा छलफल हुनेछ । कतिपय जघन्य अपराधमा संलग्नलाई पनि राजनीतिक पहुँचको आधारमा आम माफी दिईएको भन्दै रास्वपाले विरोध गरिरहेको छ ।
त्यस्तै आजको बैठकमा रास्वपाले जनताको जनमत बुझ्न विभिन्न १९ जिल्लामा नेताहरु खटाएको थियो । जसमा सभापति रवि लामिछाने रोल्पामा खटिएका थिए । आजको बैठकले उक्त अभियानको प्रतिवेदनमाथि पनि छलफल हुने रास्वपाले जनाएको छ ।