Logo

ईःको प्रदर्शन स्थगित, काठमाडौं महानगरसँग भयो सहमति



काठमाडौं, १० भदौ । फूटपाथ व्यवसायीहरुको हितको लागि निरन्तर उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले आज प्रदर्शन स्थगित गरेका छन् । काठमाडौं महानगर र अभियन्ता ईः का प्रतिनिधिबीच आज (बुधबार) साँझ भएको सहमतिअनुसार ईःले आफ्नो प्रदर्शन स्थगित् गरेका हुन् ।

उनी उभिएर प्रदर्शन गरेकै ठाउँमा सहमतिका बुँदाहरु वाचन गरिएको थियो । सहमतिका बुँदाहरु वाचनलगत्तै ईः भुईँमा बसेका हुन् । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै उनले महानगरको विरुद्धमा प्रदर्शन थालेका थिए ।

उनको प्रदर्शनसँगै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको आलाचेना भएको थियो । ईं ले प्रदर्शन थालेको आज ९औं दिनमा आफ्नो प्रदर्शन स्थगित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्