Logo

प्रचण्ड नेतृत्वको सरकार रहिरहनु देशका लागि दुर्भाग्य होः केपी ओली



काठमाडौं, १२ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार रहनु देशका लागि दूर्भाग्य भएको बताएका छन् ।

आज (शुक्रबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार अपराधीहरुको संरक्षकको रुपमा देखिएको आरोप लगाए ।

गठबन्धन सरकारको सारथी रहेको कांग्रेस यस्तो अवस्थामा रहँदा पनि कुन ठाउँमा छ भन्ने थाहा नभएकाले सरकारको विकल्प दिन नसकिएको बताए । देशको अवस्थाप्रति कांग्रेस गम्भीर नदेखिएको उनको अरोप छ ।



प्रतिक्रिया दिनुहोस्