Logo

१७ दिन संसद् रोकेर प्रधानमन्त्री विदेश घुम्न निस्कनु शोभनीय भएनः केपी ओली



काठमाडौं,१२ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् रोकेर प्रधानमन्त्री विदेश भ्रमणमा निस्किनु अशोभनीय रहेको बताएका छन् ।

शुक्रबारबाट सुरु हुन लागेका एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि विराटनगर आइपुगेका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गरेका छन् ।

‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’,ओलीले भने । उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्