काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालले पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने भएकोले यसमा सरकारको भूमिका नहुने स्पष्ट पारेकी छिन् । उनले अन्र्तराष्ट्रिय बजारमा स्वाचालित रुपमा मूल्य बढ्दा वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गरेको पनि स्मरण गराएकी छिन् ।
उनले चाडपर्वको मुखमा मूल्यवृद्धिको कारण जनताको असुविधाप्रति सरकारले पक्कै पनि केही राहत दिने विश्वास दिलाएकी छिन् । उनले फेशबुकमा लेखेकी छिन–
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रीय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गर्दछ,यसमा सरकारको भुमिका नहुने र अन्तर्राष्ट्रीय बजारमा स्वचालित रुपमा मुल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ १ आशा गरौं चाडपर्वको मुखमा मुल्य वृद्धिको कारण जनताको असुविधा प्रति पक्कै सरकारले केही राहत दिने छ ।