काठमाडौं, १४ असोज । सुन तस्करी प्रकरणको छानविनका लागि बन्ने आयोग आजै घोषणा हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल र सरकारबीच भएको सहमतिमा छानविन समिति घोषणा गरेरमात्रै हाउस बैठक सञ्चालन गर्ने सहमति बनेको हो ।
‘सरकारले क्याबिनेट बैठक बसेर १ बजेको हाउस बैठकभन्दा पहिला नै आयोग घोषणा गर्ने र आयोगको कार्यकाल आजदेखि नै सुरु हुने सहमति भएको छ,’– एमालेका सचेतक महेश बर्तौलाले भने । FIle Photo/RN