काठमाडौं,१४ असोज । काठमाडौंमा पुनः एक चिकित्सकामाथि कुटपिट भएको छ । आइतबार दिउँसो १ बजे काठमाडौंस्थित सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत डाक्टर मनिष खड्कामाथि हातपात भएको अस्पतालले जनाएको छ ।
डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका खुलेको छ।
मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।
नेपालमा पछिल्लो समय चिकित्सकमाथि कुटपिट हुने घटनामा वृद्धि हुँदै गएको छ । गत सोमबार पोखराको मनिपाल अस्पतालमा कार्यरत एक डाक्टर कुटिएपछि आन्दोलनमा उत्रिएका चिकित्स र सरकारबीच शनिबार सहमति भएको थियो । तर, सरकारसँग भएको सहमतिको मसीसमेत सुक्न नपाउँदै काठमाडौंमै फेरि कुटिएपछि चिकितसकहरु आन्दोलिन बनेका छन् ।
यसैबीच प्रहरीले केएमसीकबा चिकित्सक खड्कामाथि हातपात गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएका रुपक गौतम र सरोज गौतम रहेका छन् ।