Logo

रिगललाई आममाफी दिएकोबारे रास्वपाले राष्ट्रपतिलाई बुझाएको ध्यानाकर्षणपत्रमा के छ ?



काठमाडौं,१५ असोज । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोप पुष्टि भएपछि कारागारमा सजाय भोगिरहेका योगराज (रिगल) ढकाललाई आममाफी दिएको प्रकरणमा आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

असोज १० गते बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयबमोजिम आज बिहान राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।

राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र बुझाउन रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सासंदको टोली शीतलनिवास पुगेको थयो ।

जघन्य अपराधअन्तर्गत फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई असोज ३ गते संविधान दिवसको दिन माफी दिइनु विधिको शासनको मर्मको बर्खिलाप रहेको व्यहोरा रास्वपाले राष्ट्रपति पौडेललाई बुझाएको पत्रमा उल्लेख छ ।

यस्तोछ रास्वपाले राष्ट्रपति पौडेललाई बुझाएको ध्यानाकर्षणपत्र



प्रतिक्रिया दिनुहोस्