Logo

भारतविरुद्ध बलिङ गर्दै नेपाल, दबाबमा नेपाली बलर



काठमाडौं, असोज १६ । चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलअन्तर्गत भारतविरुद्ध टस हारेर नेपालले बलिङ गरिरहेको छ । नेपाल र भारतबीच सुरु भएको क्वाटरफाइनल खेलमा नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।

अहिलेसम्म नेपालले सुरुआताी ४ ओभरसम्म विकेट लिन सकेको छैन । यो अवस्थामा भारतले बिनाविकेट ५४ रन बनाएको छ । पावर प्लेमा नेपाली बलर केही दबाबमा देखिएका छन् ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गरेका छन् । नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो । नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो । भारतले पहिलोपटक एसियन गेम्समा क्रिकेट खेलिरहेको हो ।



प्रतिक्रिया दिनुहोस्