काठमाडौं,१८ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।
एसियाडमा खेलेको तीन खेलमध्ये २ वटामा सानदार जीतसहित विश्व कीर्तिमानको ओइरो लगाएको नेपाली टिम सेमिफाइन प्रवेशका लागि भएको भारतविरुद्धको खेलमा भने उत्कृष्ट प्रदर्शनको बावजुदपनि २३ रनको साँघुरो हार बेर्होर्दै एसियाड यात्रा सम्पन्न गरेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा मंगोलियाविरुद्ध ३१४ रनको विशाल योगफल खडा गरेर १० वटा विश्व कीर्तिमान बनाएकबो थियो । उक्त खेलमा नेपाल २७३ रनको विशाल अन्तरले विजयी बन्दा दोस्रो खेलमा पनि माल्दिभ्सविरुद्ध १३८ रनको शानदार जित हात पारेको थियो ।
विश्व कीर्तिमानको ओइरो लगाएर एसियाड यात्रा समाप्त गरेर नेपाल फर्किएको बिहान क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
तस्बिरहरु- मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम