काठमाडौं,१८ असोज । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरू भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा उर्जा जलस्रोत तथा सिँचाईंमन्त्री शक्ति बस्नेतले विद्युत व्यापार सम्बन्धि विधेयक प्रस्तुत गर्नेछन् । त्यस्तै नेकपा माओवादी केन्द्रका पूर्व सांसद खेमराज भट्ट मायालुको निधनप्रति आजकै बैठकले शोक प्रस्तावसमेत पारित गर्ने कार्यसूची संसद सचिवालयले तय गरेको छ ।