चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आफ्नो चुनौती प्रस्तुत गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । आज बिहान ११ बजे नेपाली टिमक स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीसहित खेलप्रेमिहरुले भव्य स्वागत गरेका थिए ।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए। उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए।
उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए। आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए। उनले टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताए
त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए। उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए। अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताए।
एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो।
एशियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले भारतसँग २३ रनको हार ब्यर्होदै एसियाडबाट बाहिरिएको थियो । कप्तान रोहितले भनेजस्तै नेपालले आफ्नो फिल्डिङको अन्तिम ओभरलाई नियन्त्रण गर्न सकेको भए ।खेल नेपालको पक्षमा हुने धेरैको विश्लेषण छ । नेपालको तर्फबाट अन्तिम अोभरको फिल्डिङ गरेका अभिनाश बोहराले २५ रन खर्चिएका थिए । उनै अभिनाशले माल्दिभ्सविरुद्धको खेलमा भेन ६ विकेट लिँदै टी २० मा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । file photo