काठमाडौं,१८ असोज । नेकपा माओवादी केन्द्रका युवा नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका गुन्डा नाइके रिगल भनिने योगराज ढकालको बारेमा सरकारले पुनः विचार गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकार्की गर्दै सांसद सापकोटाले सडक देखि सदनसम्म यो विषयमा कुरा उठेको भन्दै सरकारले निर्णय फिर्ता लिनुपर्ने बताएका हुन् ।
“संसद्मा पनि कुरा उठ्यो । जनस्तरबाट पनि विरोध भएको छ,” उनले भने, “सरकारले निर्णय फिर्ता लिनु उपयुक्त देखिन्छ ।”
२०७२ असार २९ गते बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा आजीवन कारावासको सजाय पाएका रिगल भनिने योगराजले गत असोज ३ गते नवौं संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका थिए ।
राष्ट्रपतिबाट आममाफी पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छ्न । जसमाथि अहिले सुनुवाई भइरहेको छ ।