काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । अहिले माओवादी केन्द्रबाट सरकारमा सहभागी सबै मन्त्रीहरु बालुवाटार पुगिसकेका छन् ।
प्रधानमन्त्री दाहालले किन र के विषयमा छलफल गर्न बोलाएका हुन् भन्ने कुरा मन्त्रीहरुलाई भनिएको छैन् । तर, आफू यो बीचमा अमेरिका र चीन भ्रमणमा रहेको भन्दै यो बीचमा भएका काम र सरकारका निर्णयहरुबारे ब्रिफिङ लिन बोलाएको हुनसक्ने उनीहरुको अनुमान छ । file photo