काठमाडौं, असोज १९। पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ ।
उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्या स्थितआफ्नै कोठामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् ।
शर्मिलाले बुधबार साँझ लक्ष्मण घरमा नभएको समयमा उनले बोक्दै आएको पेस्तोल घरमा पड्काएको प्रहरीले बताएको छ । पेस्तोलबाट दुई फायर गोली चलेको थियो ।
एउटा गोली शर्मिलाको कोखामा लागेको थियो । घरायसी विवादका कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।