Logo

१८ ओभरमै अलआउट भयो पाकिस्तान, अफ्गानस्थानले पायो ११६ रनको लक्ष्य



काठमाडौं,१९ असोज । चीनमा जारी १९औ एसियाली खेलकुदको सेमिफाइनलमा पाकिस्तानले अफ्गानस्थानलाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रनमात्रै जोड्न सक्यो । उसका लागि आमिर युसुफले बनाएको २४ रननै सबैभन्त्दा ठूलो बन्यो । त्यस्तै अमिर जमालले १४ तथाच कप्तान ओसिम आक्रमले १० रन बनाउन बाहेक अन्य ब्याटस्म्यानको ब्याट चल्न सकेन ।

बलिङतर्फ अफ्गानस्थानका फरिद अह्मदले तीन तथा ओसिस अह्मद र जाकिर खानले समान २ विकेट लिए । पाकिस्तानले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको अफ्गानस्थानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्