Logo

नेपालको विकासको लागि बीआरआई महत्वपूर्ण अवसर हो : प्रधानमन्त्री दाहाल



काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको बीआरआई परियोजनाबारे छिटो काम थाल्ने बताएका छन् । उनले बीआरआई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् ।

नेपालको विकासको लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । सो क्रममा प्रधानमन्त्री दाहालले चीनसँग कतिपय नीतिमा स्पष्ट हुनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

नेपाल–चीन फ्रेण्डसिप फोरमले आज (आइतबार) काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरेको ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयक अन्तर्क्रिरयामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्