Logo

इजरायलमा मृत्यु भएका नेपालीहरूको शव पहिचान हुँदै



काठमाडौं, असोज २२ । सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरूको पहिचानको काम जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको जनाएको हो।

इजरायलमा रहेको नेपाली दूतावासको पछिल्लो जानकारी अनुसार गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका छन् । आक्रमणमा एक जना सम्पर्कबिहीन रहेका र केही घाईते अवस्थामा रहेका दूतावसले पुष्टि गरेको छ।

मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरिएको पनि विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरूको विवरण सङ्कलनका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशन गर्न समेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्